बिहीबार एमाले-माओवादी एकता: प्रवक्ता भुसाल

Sharing is caring!

जेठ २, २०७५ । नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गर्नुभएको थियो । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।”

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *