सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू

Sharing is caring!

साउन २१, २०७७ । सरकारले बिहीबारदेखि काठमाडौं उपत्यका र सक्रिय कोरोना संक्रमित दुई सयभन्दा बढी भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्न सूचित गराएको छ ।

यस्तै, सरकारले बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि गृह मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *