प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

Sharing is caring!

वैशाख १०, २०७५ । हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ ।

आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए। उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्।
विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । यो खबर आजको  कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *