प्रधानन्यायाधीशमा चाेलेन्द्रशमशेर जबराकाे नाम सिफारिस

Sharing is caring!

मंसिर २८, २०७५ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।

परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो।त्यसपछिमंसिर २२ का लागि बोलाइएको दोस्रो बैठकसमेत देउवाकाे अनुपस्थित भएका कारण स्थगित भएकाे थियाे। २३ गते मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भएकाे थियाे। अाजकाे बैठकमा भने देउवा उपस्थित थिए। यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *