प्रदेश २ सरकारलाई ‘ओभरटेक’ नगर्न प्रचण्डको चेतावनी

Sharing is caring!

कात्तिक ६, २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश २ को कार्यालय  उद्घाटन गर्दै  प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश प्रहरी ऐनमाथि असन्तुष्टि जनाए । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि उपस्थित थिए ।

प्रचण्डले भने,‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु’ ।

उनले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे । ढिलो भयो भन्दैमा ओभरटेक गर्न मिल्दैन । ओभरटेक गरे दुर्घटना हुन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *