पुँजीबादी बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी भएको राष्ट्रिय उद्योग बाणिज्य महासंघको आरोप

Sharing is caring!

माघ २५, २०७५ । राष्ट्रिय उद्योग बाणिज्य महासंघले यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका निती तथा कार्यक्रमहरुलाई आज सार्वजनिक गरेको छ ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुदै गएको आरोप लगाएका छन् । देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्र्रम, सिप र पुँजी विदेसिएकोमा पनि उनको आपत्ति रहेकोे छ ।

उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्तिभन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योधन्दा तथा व्यवसाय दिनानुदिन खस्किँदै गैरहेको पनि उनले बताए । उनले भने,‘जसको प्रतक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु रहेका छन ।’

विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकारखानाहरु पनि निजीकरणको नाममा समाप्त पारिएको उनले गम्भिर आरोप लगाए । उनले भने,‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भईरहेका छन् । समग्रमा भन्नुपर्दा देश पुरै परनिर्भरतामा चलिरहेका देखिन्छ ।’

श्रम, सिप र पुँजीको पलाएन, राजश्व तथा कर असुलीसम्बन्धी फितलो कानुनी व्यवस्था, राज्यका निकायहरुबाट दिईने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहिन सामग्रीको बिक्री बितरण तथा कर्जा प्रक्रिया र चर्काे ब्याजदर आदी उद्योगीहरुका प्रमुख समस्या रहेका पनि महासंघले जनाएको छ।

देशमा औद्योगिक व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दे दलाल नोकरशाही एकाधिकार पुँजीवादकोविरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान भएका विकृतिकाबिरुद्ध संगठित रुपमा पहल गर्नुपर्ने आवश्यकत्ता रहेको पनि महासंघले औंल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *