पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर

Sharing is caring!

असार १५, २०७६ । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए । स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *