पत्रकार ऋषि धमलाकी श्रीमति एलिजाको ‘अनुराग’ ट्रेलर रिलिज
भदौ १५, २०७५ । पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
यस फिल्ममा एलिजासँग नव-नायक समुन्द्र पण्डित लगायत ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत कलाकारहरुले अभिनय गरेका छन् ।
यो फिल्म सांगीतिक प्रेमकथामा आधारित रहेको छ । यस फिल्मको निर्देशन सत्यराज चौलागाईंले गरेका छन् भने पटकथा एवं संवाद आगत केसीको रहेको छ।
फिल्मको रिलिज मिति असोज १२ गतेलाई राखिएको छ ।
ट्रेलर हेर्न क्लिक गर्नुहोस्: