नेपाल सांस्कृतिक संघको प्रशिक्षण भेला हेटौंडामा हुँदै

Sharing is caring!

जेठ २८, २०७६ । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ । उक्त भेलाको उद्धघाट्न कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पनि संघले जनाएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । संघले आफूहरुले स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आईरहेको पनि जनाएको छ । हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ ।

संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको सुनाए । उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने विश्वास दिलाए ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संस्कृतिको उत्थान बिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरुलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न । राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालिन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमहरुको इतिहास साक्षी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *