नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने

Sharing is caring!

मंसिर १, २०७८ । नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर काठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिएका हुन् ।

महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित हुने भएका छन् । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ ।

परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तेस्रो राष्ट्रिय महाधिवेशन को तयारी पुरा भएको जानकारी दिए । उनले “सबैखाले विभेदको अन्त्य गरौँ ः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको पनि बताए । नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडि बढेको बताए । उनले अराजक राजनीतिले देशलाई बर्बादीतिर मात्र लैजाने पनि उल्लेख गरे ।

ढकालले हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि सुनाए । उनले १२६ जनजाती र १२३ भाषाभाषीहरुलाई समेट्ने गरी परिवार दल अगाडी बढेको बताए । सबै राजनीतिक दलले सबै जनताहरुले अपनत्व महसुस गर्ने खालको विचार बोक्ुनपर्नेमा जोड दिए ।

संविधान निर्माणको कार्यमा पनि आफ्नो दल रातदिन खटेको बताए । उनले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । उनले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए ।

उनले आफ्नो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ । प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने फैसला गरेका छौ । त्यसलाई महाधिवेशनबाट पारित गर्नेछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *