नेपाली युवा भारतमा सम्मानित

Sharing is caring!

मंसिर २५, २०७६ ।  लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन् ।

सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो ।
राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे ।

राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तराष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा वर्ग ओविसी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष हुन् । उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन् ।

राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् ।
सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *