नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो, थप ५३ जनामा कोरोना संक्रमण

Sharing is caring!

जेठ ५, २०७७ । नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा थप ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो । जसमा४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित मध्ये ४६ जना पुरुष १ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

त्यस्तै, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको डा. देवकोटाले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ भने उपचारपछि ३६ जना निको भईसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *