नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

Sharing is caring!

जेठ ४, २०७७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय  युवाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको २५ वर्षीय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । गत बैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो ।

उनको आज (आइतबार) बिहान क्वारेन्टाइनमै निधन भएको हो । उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए। घटनाको विवरण आउन बाँकी रहेको उनले बताए ।

यसअघि नेपालमा कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *