नेकपाका केन्द्रीय सदस्यहरुले आज सामूहिक शपथ लिए

Sharing is caring!

जेठ ३, २०७५ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिनुभएको थियो ।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन् । वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो । सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *