निजीक्षेत्रले लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीसँग गर्‍यो छलफल

Sharing is caring!

जेठ २४, २०७७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग शुक्रवार उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन) को ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताए ।

उनले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने बताए ।

उनले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्लाअनुसार मोडालिटी फरक हुने बताए ।

मन्त्री भट्टले प्रदेश नं २, कर्णाली र सूदुरपश्चिम प्रदेशमा भारतबाट आएका संक्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गरे ।

कोभिड–१९ का कारणले मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताए । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *