धरानमा डेंगुको महामारी: ७५ बिरामी अस्पतालमा

Sharing is caring!

जेठ २१, २०७६ । धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रूप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन् । बिरामीको संख्या बढिरहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विजय खनालको रेस्क्यु टोलीको नियन्त्रण प्रयास सफल हुन सकेको छैन ।

नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा साइफर मेथ्रिन’ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अन्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *