दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो

Sharing is caring!

जेठ २०, २०७८ । दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने छ ।

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ । सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने छ ।

दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारी साधनको लाभ निकै बढी छ । दीगो विद्युतीय सवारी साधनहरु सुलभ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छ ता कि हरेकले विद्युतीय सवारी साधनका लाभ लिन सकून् र हाम्रो मुलुकमा यस्ता सवारी साधनको प्रभाव यथासम्भव चाँडो अनुभूत गर्न सकियोस् । गत वर्ष यी विद्युतीय वाहनको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढे पनि दीगो इ८ को मूल्य उच्च नराखिएको हो । अहिले दीगो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो ।

यस कम्पनी मुलुकलाई हर तरहले विद्युतीय सवारी साधनको लाभ दिलाउन अहिले पनि प्रतिबद्ध छ र भविष्यमा पनि रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *