‘दि ब्रेकअप’ को ट्रेलर सार्वजनिक

Sharing is caring!

माघ ७, २०७५ । फिल्म ‘दि ब्रेकअप’ को ट्रेलर आज सार्वजनिक भएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मको सार्वजनिक ट्रेलरमा कलाकारद्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।
ट्रेलरमा आशिरमान र शिल्पाबीच चुम्बन पनि देखाइएको छ ।
यस फिल्ममा रूपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानी रहेका छन् । निर्देशक बिसीकै कथा तथा पटकथा रहेको फिल्मलाई भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्म ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्म फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्न क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *