तेक्वान्दोको उपाधी नेपाली सेनालाई

Sharing is caring!

पुस २०, २०७५ । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाली सेनाले  हात पारेको छ । शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो । उपाधीसंगै नेपाली सेनाले १ लाख रुपैया , ट्रफि र मेडल प्राप्त गरेको छ ।

त्यस्तै, १८ स्वर्ण ५ रजत र ७ कास्य सहित सितापाईला डोजाङ द्धितिय भएको छ भने ५ स्वर्ण र ४ रजत सहित टिम कोटेश्वर तृतीय भएको छ । द्धितिय र तृतिय टिमले क्रमश ५० र २५ हजार सहित ट्रफि र मेडल प्राप्त प्राप्त गरे । प्रतियोगीतामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मीता तामाङले हात पारिन । उनीहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे ।

त्यस्तै, बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु १० हजार प्राप्त गरे । प्रतियोगीताको अनुसासित टिमको उपाधी मारिया मोन्टेश्वरी बुटवले हात पार्यो । प्रतियोगितामा एक हजार २ सय २ खेलाडी सहभागी थिए । प्रतियोगीता एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *