जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने हो भने उपलब्धि गुम्न सक्छ: प्रचण्ड

Sharing is caring!

भदौ ६, २०७६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा रहेको औल्याए ।

कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचार भन्दा भिन्न हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने उनको भनाई थियो ।

पूर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने धारणा राखे ।

उनले भने, दुई पार्टी मिलेर बनेको ठूलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए । बिगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिस्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिस्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *