चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गीत सार्वजनिक

Sharing is caring!

चैत १५, २०७५ । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित वुधबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो । गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदै छ ।

गीत हेर्न क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *