चलचित्र ’अनुराग’को कलेज क्याम्पियन

Sharing is caring!

असोज १, २०७५ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग ’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएक छन ।

चलचित्रका टिम आइतबार बिहान जोरपाटी स्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटार स्थित जन पेर्मी कलेज पुगेको नायिका एलिजा गौतमले बतएकिछन । नायिका एलिजा गौतम नायक समुन्द्र पण्डित , लगायतको फिल्मको टिम कलेजमा पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरा हाल्दै अटोग्राफ लिएका थिए भने नायक नायिका को साथमा फोटो खिच्न पनि भ्याएका थिए ।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवाल को लगानी का साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को वर्ष २०७५ को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् ्र फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *