गोपाल सेवा समितिको २१ सदस्यीय उपत्यका कार्यसमिति गठन

Sharing is caring!

पुस २९, २०७५ । नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ ।
शनिबार संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार सम्पन्न भेलाले चयन गरिएको २१ सदस्यीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमल कुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् ।

यसैगरि, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्र.यादव, सह–सचिवमा सुजित कुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिताकुमारी यादव रहेका छन् । सदस्यहरुमा नन्दकिशोर यादव, एम.पी यादव, सुशिल कुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् ।
स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थितीवीच गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *