गाउँपालिकालाई रु पाँच करोडको जग्गादान

Sharing is caring!

वैशाख २४, २०७५ ।  सप्तरीको विष्णुपुर गाउँपालिकालाई रु पाँच करोड मूल्यबराबरको जग्गादान गरिएको छ ।

सोही गाउँपालिका–५ बोरिया कट्टी निवासी देवनारायण महतो, गंगियादेवी यादव र जंगियादेवी मण्डलको संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिनुभयो ।

स्थानीय तीनै जना व्यक्तिले कट्टी फिल्डमा रहेको उक्त जग्गामध्ये १८ कट्ठा गाउँपालिका भवनका लागि र दुई कट्ठा जग्गा वडा कार्यालय सञ्चालनका लागि जग्गादान गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *