खुला बास्केटबल प्रतियोगिता

Sharing is caring!

चैत ३०, २०७४ । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौँ ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता वैशाख २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नौ र महिलामा छ टोलीको सहभागिता रहने आयोजकका अध्यक्ष नवीन मानन्धरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुष÷महिला दुवैमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । पुरुषको समूह ‘ए’ मा नेपाल आर्मी ‘ए’, युनिभर्सल, बूढानीलकण्ठ र बलर्ज तथा समूह ‘बी’ मा आयोजक, आर्मी ‘बी’, साउथ साइडर्स, एसडिसी हाउन्ड्स र जेभियर इन्टरनेशनल छन् ।

महिलामा एनसिसिएस, बूढानीलकण्ठ र आर्मी समूह ‘ए’ मा छन् भने आयोजक, साइपाल एकेडेमी र समृद्धि गोरिल्ला समूह ‘बी’ मा छन् । पुरुषतर्फको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान रु १०–१० हजार प्रदान गरिने छ । त्यस्तै महिलामा पहिलो हुनेले रु ३० हजार र दोस्राले रु १५ हजार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही रु पाँच हजार पुरस्कार पाउनेछन् । वैशाख १३ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *