कोरोना भाइरस ७७ वटै जिल्लामा फैलियो

Sharing is caring!

असार १३, २०७७ । नेपालमा कोरोना भाइरस ७७ वटै जिल्लामा फैलिसकेको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९  पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ जना पुरुष र १२० जना महिला गरी कूल ५५४ जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उनले बिगत २४ घन्टामा चार हजार ६ सय ६ जनाकाे पिसिआर परीक्षण गरिएको बताए ।

त्यस्तै,कोरोनाबाट निको हुनेको संख्या दुई हजार ८३४ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *