काठमाडौं उत्कृष्ट घुम्न लायक शहरमा समावेश

Sharing is caring!

कात्तिक ६, २०७५ । विश्वका पर्यटकीय उत्कृष्ट गन्तव्यहरुमध्ये काठमाडौंलाई पाँचौ उत्कृष्ट घुम्न लायक शहरको रुपमा समावेश गरिएको छ ।

पर्यटन सम्बन्धी जानकारी दिने वेब पोर्टल लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ ।

उक्त सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा फ्लोरिडाको मियान्मी परेका छन् ।

त्यस्तैगरि, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सिनेगलको डाकर, आठौंमा वासिङ्टनको सियटल, नवौंमा क्रेयसियाको जादर र दसौंमा मोरोक्कोको मेक्नेस परेका छन्।

लोन्ली प्लानेटले काठमाडौँलाई पनि समावेश गरेपछि यसले नेपालमा पर्यटकहरुको सङ्ख्या बढाउनमा मद्दत मिल्ने बिश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *