कांग्रेस संसदीय दलमा चार सदस्य मनोनित

Sharing is caring!

पुस १९, २०७५ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवाले चारजना सांसदलाई संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनित गर्नुभएको छ ।

देउवाका नीजि सचिव केशवराज जोशीले जानकारी दिए अनुसार सभापति देउवाले सांसद उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमल्सिना र पार्वता डिसी चौधरीलाई संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनित गर्नुभएको हो ।

यसअघि संसदीय दलको नेता देउवाले उपनेतामा विजयकुमार गच्छदारलाई मनोनित गर्नु भएको थियो । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *