कांग्रेसको आरोप: कमल थापा र रामबहादुर थापा उस्तै, लोकतन्त्रको घाँटी निमोठ्ने

Sharing is caring!

असार १८, २०७५ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई लोकन्त्रको घाँटी निमोठ्ने बाटोमा अघि बढेको आरोप लगाएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाी कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले विशेष समय लिएर बोल्दै तत्कालीन गृहमन्त्री कमल थापा र अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उस्तै भएको बताए ।

‘कमल थापा जस्तै निस्किए रामबहादुर थापा पनि, २०५८ सालमा कमल थापाले भक्तपुरमा गएर उफ्रिनुस भनेका थिए । अहिले रामबहादुर थापा उस्तै भन्दैछन्’, केसीले भने, ‘निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल सरकारले फिर्ता गरोस, यदि फिर्ता हुँदैन भने नेपाली कांग्रेसले तोड्नेछ, नेपाली कांग्रेसकै नेतृत्वमा तोडिन्छ ।’

सरकारले लोकतन्त्रको गला घोट्न खोजिरहेको आरोप लगाउँदै उनले संविधान विरोधी कदम सँच्चिनुपर्ने बताए । ‘प्रतिपक्षीको शालिनतालाई कमजोरीका रुपमा नहेरियोस’, उनले भने, ‘लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास नगरियोस, कांग्रेस रक्षका लागि तयार छ ।’यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *