काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १० मा

Sharing is caring!

पुस २१, २०७५ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी माघ १० गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काँग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *