कर्मचारी स्वेच्छिक अवकाश अक्षरशः पालना हुनुपर्नेमा जोड

Sharing is caring!

वैशाख २२, २०७५ । नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताउनुभयो । उहाँले अहिलेसम्म नौ हजार ६८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिँदै अवकाश रोज्ने साथीहरु अब काममा फर्किने अवस्था छैन भन्नुभयो । पोखरेलले ऐन को प्रावधानबमोजिम स्वेच्छिक अवकाशको विधिसम्मत योजनालाई तत्काल कार्यान्वयन गर्न र कर्मचारी समायोजन प्रक्रियालाई शीघ्र अगाडि बढाउन माग गर्नुभयो ।

समायोजन ऐन २०७४ को दफा १३ मा ‘यस ऐनबमोजिम संघ, प्रदेश, वा स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएको र निवृत्तिभरण पाउने अवस्था भएको कुनै कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तबमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *