कञ्चनपुरमा प्रहरीको गोलीबाट १४ वर्षीय बालकको मृत्यु, दर्जनौं घाइते

Sharing is caring!

भदौ ८, २०७५ । कञ्चनपुरमा प्रहरीको गोली लागेर १४ वर्षीय चेतन भट्टको ज्यान गएको छ । त्यहाँ झडपमा परि झण्डै दुई दर्जन घाइते भएका छन । मृतक चेतन भट्टको शब जिल्ला प्रशासन कार्यालयमा रखिएको छ र घाइतेहरुको महाकाली अञ्चल अस्पताल उपचार भईरहेको छ ।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनावाट आन्दोलित भएका आन्दोलनकारीले महेन्द्रनगरको ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

शुक्रबार साँझ भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर एकजना स्थानीयको मृत्यु भएको हो ।

प्रहरीको गोलीबाट मारिएका युवकको पहिचान खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *