कंगनाको ‘मणिकर्ण‍िका: द क्विन अफ झाँसी’ को ट्रेलर रिलिज

Sharing is caring!

पुस ३, २०७५ । कंगना रनौतको फिल्म ‘मणिकर्ण‍िका: द क्विन अफ झाँसी’ को अफिसियल ट्रेलर आज रिलिज भएको छ । फिल्ममा कंगना झाँसीकी रानीको भूमिका निभाएकी छन् ।
फिल्मको ट्रेलरमा उनलाई झाँसीकी रानीको गेटअपमा निकै सानदार देखिएको छ । पहिलो पटक उनले लडाकु योद्धाको भूमिका निभाएकी हुन् ।
यस फिल्ममा ड्यानी, अंकिता लोखण्डे, सुरेश ओबेराय, कुलभूषण खरबन्दा लिड कलाकारहरुले अभिनय गरेका छन् । बाहुबलीको लेखक विजयेंद्र प्रसादले यस फिलिमको कथा लेखेको छ । यस फिल्मका निर्देशक कृष जगारला मुन्डीले फिल्म बीचमा नै छाडेका थिए ।
त्यसपछि कंगना रनौतले फिल्मको केही भागको निर्देशन आफैंले गरेकी थिइन् । फिल्म ‘मणिकर्ण‍िका निर्माता कमल जेनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् कि यस फिल्ममा कंगनाले ७० प्रतिशत आफैंले निर्देशन गरेकी हुन् ।
ट्रेलर हेर्न क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *