श्रीपेच सर्वसाधारणका लागि खुला

Sharing is caring!

असोज २९, २०७५ । पूर्वराजाहरूले लगाउने गरेको श्रीपेच आज सर्वसाधारणका लागि खुला भएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन  गर्नु भएका छन् । उनले भने, दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

नारायणहिटीस्थित शैलुन कक्षमा राखिएको उक्त श्रीपेच अब प्रदर्शनीमा ल्याइने उद्देश्यले सार्वजनिक गरिएको बताइएको छ ।

श्रीपेचसहित राजाले बोक्ने राजदण्ड, रानीले लगाउने टायरालगायतका सामग्री सार्वजनिक गरिएको हो । अब नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि जानेहरूले प्रदर्शनीमा राखिएका श्रीपेचसहितका सामग्रीहरू हेर्न सक्नेछन् । श्रीपेचमा ७३० हीरा र दुई हजार ३७२ मोतीजडित भएको थाहा भएको छ । नेपालमा श्रीपेचको चलन राजेन्द्रविक्रम शाहको पालादेखि भएको बताइन्छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *