अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होईन: रघुजी पन्त

Sharing is caring!

फागुन १८, २०७६ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपाभित्रको विवादको समाधान सचिवालय बैठकबाट सुरु भएकोले सचिवालय बैठकले नै यसको समाधान गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सचिवालयको निर्णयलाई पर्खिएर बसेका छौं ।’ उनले पार्टीभित्र पछिल्लो समय देखिएको परिदृश्य दुःखद् भएको टिप्पणी गरे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले नेकपाभित्र पछिल्लो समय देखापरको विवादले यो पार्टीलाइ भोट हाल्ने मतदाताहरु, नेकपाबाट परिवर्तन र सुशासनको अपेक्षा गरेका नेपाली जनताहरु, र पार्टी कार्यकर्ता तथा नेताहरुको ठूलो पँक्तिलाई दुखित् बनाएको छ ।’

साक्षात्कारमा बोल्दै उनले अहिले देखिएका समस्याहरुको समाधान पार्टीको सचिवालयको बैठकबाट यथाशक्य चाँडो गर्नसमेत माग गरे । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएपछि अहिले देखिएका नेकपाभित्रका सबै समस्या हल हुने विश्वास दिलाए । उनले भने,‘अहिलेको अवस्था भनेको सबैले आत्मचिन्तन गर्ने अवस्था हो । केपी ओलीजीले, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेवलगायत सबैले कसरी पार्टी एकता प्राप्त गर्ने र कसरी सबै नेताले आ–आफ्नो अहम त्यागेर पार्टीलाई एकताको बाटोमा लैजाने भन्ने नै हो ।’

उनले संविधान संशोधनको एजेण्डा आफ्नो पार्टीको बहस र विवादबाट बाहिर भैसकेको पनि चित्रण गरे । उनले भने,‘संविधान संशोधनको एजेण्डा अब हाम्रो छलफलको एजेण्डा छैन् । कुनैपनि राजनीतिक दलले, राजनीतिक नेताहरुले ठीक एजेण्डा, ठीक समयमा, ठीक ढंगले अगाडि सार्नुपर्दथ्यो ।’ पन्तले यो संविधान संशोधनको एजेण्डा बेठीक ढंगले, बेठीक समयमा र बेठीक कुराहरुलाई लिएर अघि सारिएको तर्क गरे ।

उनले भने,‘त्यसैले यो संविधान संशोधनको एजेण्डा देश र जनताको आवश्यत्तापनि थिएन, पार्टीको आवश्यकत्ता पनि थिएन् ।’ संविधान कार्यान्वयनको बाटोतर्फ मुलुक अघि बढिरहेको अवस्थामा अहिले संविधान संशोधनको कुरा उठाउनु भनेको नदुखेको टाउँको डोरी लगाएर दुखाउने काम भएको पनि पन्तको टिप्पणी थियो ।

उनले भने,‘त्यही भएर यो एजेण्डा पार्टीभित्र पनि स्थापित् हुन सकेन् । र, जनताको बीचमा पनि स्थापित हुन सकेन् ।’ उनले नेकपाले अब संविधान संशोधनको एजेण्डा आगामी ८–१० वर्षसम्मपनि छलफलमा ल्याउन नहुने जिकिर गरे । उनले थपे,‘आठ–दश वर्षसम्म यो संविधानलाई कार्यान्वयन गर्ने हो, यो संविधानलाई कार्यान्वयन गर्ने दौरानमा भोलि केही समस्याहरु निस्किँदै जान्छन् भने त्यो बेला संविधान संशोधनका कुरा उठन् सक्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *