अवैध हतियारसहित एक जना पक्राउ

Sharing is caring!

वैशाख ६, २०७५ । मकवानपुरको हेटौँडा–३ लेवटबाट अवैध हतियारहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय जोकर मोक्तान रहेका छन् । कटुवा पेस्तोल तीन थान, सोको गोली ११ थान, ३०३ राइफलको गोली एक थान, सुतली बम एक थान र नेपाल प्रहरीको पोशाक एक थानसहित प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गमा म्याजिक भ्यानबाट ओर्लिएर चार जना भाग्दै गरेको अवस्थामा देखेपछि शंका लागेर प्रहरी सहायक निरीक्षक विगबहादुर तामाङको टोलीले पिछा गर्दै जाँदा उनलाई पक्राउ गर्न सफल भएको हो । अन्य तीन जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोक्तानलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *