अब प्रभु बैंकको सेवा हुम्लाबाट

Sharing is caring!

असार २५, २०७६ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गरि हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली आजदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका छन् ।

प्रमुख अतिथी रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउनुहुँदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको खार्पुनाथ शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यस बैंकले हालसम्म १८७ वटा शाखा, १५० वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *