अख्तियार आयुक्त पाठकलाई महाअभियोग लगाउने तयारी

Sharing is caring!

फागुन ३, २०७५ । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोपमा सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ । पाठकले घुस लिएको स्विकारेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष उजुरी परेपछि महाअभियोगको तयारी भएको हो ।

कलेज विवादबारे आयोगमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले ७८ लाख लिएको आरोप छ । भिडियोसहितको उजुरी परेपछि आयुक्त पाठकलाई प्रमुख आयुक्त घिमिरेले पटक–पटक राजीनामा दिन आग्रह गरे पनि नटेरेको स्रोतले बतायो । प्रधानमन्त्रीको निर्देशनसमेत नटेरेपछि महाअभियोग प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीले नै पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *