सिण्डिकेट अन्त्यको शुभारम्भ: गृहमन्त्री थापा

Sharing is caring!

बैशाख ५, २०७५ । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनुभयो ।

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उहाँले बताउनुभयो । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उहाँले बताउनुभयो ।

फरक प्रशंगमा उहाँले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताउनुभयो । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *