सार्क स्तरिय हाजिरी जवाफ प्रतियोगिता हुँदै

Sharing is caring!

भाद्र २२, २०७७ । सार्क स्तरिय भर्चुअल विधीबाट हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली मौसमविदहरुको समाज,साउथ एसियन मेटेरोलोजिकल एशोसियसन (सामा) को विशेष आयोजना र भारतीय मौसम विज्ञान विभाग (इन्डियन मेटेरोलोजिक विभाग ) साथै भारतीय मौसमबिद समाज र विज्ञान प्रसारको सहकार्यमा विश्व ओजोन दिवस, सेप्टेम्बर १६ को उपलक्ष्यमा माध्यमिक र उच्च माध्यमीक विद्यालय स्तरिय ओजोन सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता हुनेछ ।

विश्वमा बढ्दै गइराखेको विभिन्न खाले प्रदुषणको कारण वायुमण्डलमा ओजोन तह पातलो हुदै गइराखेको वर्तमान अवस्थामा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरुमा ओजोन, यसको वर्तमान अवस्था, ओजोनको तह पातलीनुको कारण र ओजोनको सतहमा परेको प्वाल (ओजन होल) सम्बन्धी चेतनाको विस्तार गरी ओजन सतहको वैज्ञानिक संरक्षण कार्यमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर १० देखि १५ गते सम्म भर्चुअल विधीबाट सम्पन्न हुने उक्त कार्यक्रममा सार्क राष्ट्रका दश हजार भन्दा बढी विद्यार्थीहरुको सहभागिता हुने भएको छ, साथै रजिष्ट्रेशन सेप्टेम्बर १० बाट प्रारम्भ हुनेछ । उक्त कार्यक्रममा सहभागि हुन सार्क राष्ट्र भित्रका कक्षा आठ देखि वाह्र सम्मका जुनसुकै विद्यार्थीले अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने व्यवस्था मिलाइएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख तथा जल तथा मौसमविद समाज नेपाल(सोहम नेपाल) का अध्यक्ष प्रा.डा दीपक अर्यालले जानकारी दिनुभयो ।

अनलाइन रजिष्ट्रेशन गर्दा आफुले दिएको इमेलबाट लगइन गरी सेप्टेम्बर १० देखि १५ को मध्य रात सम्म आफु अनुकुल समयमा २५ वटा अब्जेक्टीभ प्रश्नको बैकल्पीक उत्तरहरु छनौट गर्नुपर्ने र विद्यार्थीको रिजल्ट तुरुन्त कम्प्युटर देखाइने एवम् सहभागीले आफ्नो सहभागिताको प्रमाणपत्र समेत तुरुन्तै डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको साउथ एसियन मेटेरियोलोजिकल एशोसियसन (सामा)का संयोजक प्रा.डा. सोमेश्वर दासले बताउनुभयो । कार्यक्रममा सहभागी हुने सम्र्पूण विद्यार्थिहरुले सहभागिताको प्रमाण पत्र पाउने र हरेक राष्ट्रका विद्यार्थिहरुले उत्कृष्ट १० प्रतिशत विद्यार्थी प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट विद्यार्थि प्रमाण पत्र भने कार्यक्रम सकिएपछी विश्व ओजोन दिवस सेप्टेम्बर १६ को दिन घोषणा गरिने छ ।

करिव दशहजार विद्यार्थीहरुलाइ पुग्ने प्रश्नपत्र निर्माण गरि कम्प्युटर सिस्टममा राखिने र २५ प्रतिशत सरल त्यसपछि दश प्रतिशत मध्यम, पुनः २५ प्रतिशत कठिन र बाकि २५ प्रतिशत चाही बढि कठिन प्रश्नहरु कम्प्युटर सिस्टमबाट विद्यार्थीलाइ सोधिने व्यवस्था गरिएको कुरा सामाका कार्यकारी सहयोग टिमका नेपाल सदस्य तथा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रिय विभागका सहप्रा.डा. विनोद दवाडीले बताउनु भयो । वर्तमान कोभीड १९को विश्वव्यापी जटिलतामा त्रि.वि. तथा नेपालका विद्यालयहरुले पनि यस्तै प्रविधि र तरिकाबाट विद्यार्थीहरुको परिक्षा लिन सकिने कुरा डा. दवाडीले बताउनुभयो ।

भारत विज्ञान प्रसारले कार्यक्रमको सहजीकरण गरेको छ भने उक्त प्रतियोगितामा सहभागी हुन कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले htpps://vvm.org.in मा निशुल्क लगइन गर्नसक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *