सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान

Sharing is caring!

साउन २१, २०७६ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १ धरान, वडा नं. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिरदेखि दुई धारे पथहुदैं विजयपुर चोकसम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्नको साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्नेछ ।

बैंक र उक्त संस्थाबिच आयोजित एक कार्यक्रममा रु.१,११,०००/– (अक्षरुपी एक लाख एघार हजार रुपैयाँ मात्र) रकमको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक श्विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरे ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८६ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार असामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *