सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन्, सरकार अहिले धेरै पछि पर्यो: महासचिव मैनाली

Sharing is caring!

कात्तिक ६, २०७५ । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो । चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ । हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेका बढै छन् । यसमा सरकार चुकेको छ ।’ त्यस्तै उनले सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएकोपनि आरोप लगाए ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको उनको आरोप छ । उनले भने,‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’

फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *