‘सञ्जु’को टिजर बन्यो पहिलो रेकर्ड

Sharing is caring!

वैशाख १२, २०७५ । रणबीर कपूरको ‘सञ्जु’ टिजरलाई २४ घण्टामा यूट्यूबबाट १३ मिलियन भ्युरहरूले हेरिसकेका छन् । भारतीय संचार माध्यमका अनुसार यो चलचित्रले ठुल-ठुला चलचित्रहरूको रेकर्ड तोडिनेछ। विशेष गरी सलमान खानको ‘टाईगर जिन्दा है’ र दीपिका पादुकोणकी ‘पद्मावत’ ।

यो फिल्मको निर्देशन राज कुमार हिरानीले गरेका हुन् । विधु विनोद चोपडाको निर्माण रहेको यस फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा मनिषा कोइरालाले खेलेकी छिन् भने  परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी जस्ता कलाकारहरु  पनि ‘सञ्जु’ मा देखा पर्नेछन् । यो फिल्म आउँदो जून २९ मा रिलिज हुनेछ ।

टिजर हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *