शेयर बजार ६ दशमलव ४५ अंकले घट्यो

Sharing is caring!

पुस ९, २०७५ । सोमबार शेयर बजार ६ दशमलव ४५ अंकले घटेको छ । शेयर कारोवारमापक नेप्से परिसूचकमा शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १ सय ९१ दशमलव ७४ बिन्दुमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ७ अंकले घटेर २ सय ५३ दशमलव ६८ अंकमा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सें)का अनुसार आज कुल १ सय ६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता शेयर खरिद-बिक्री हुँदा ७९ करोड ८७ लाख १८ हजार ५३ रुपैयाँको कारोबार भएको छ ।

आज हाथवे फाइनान्स कम्पनीको र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका शेयर लगानीकर्ताले बढी कमाएका छन् भने विशाल बजार कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *