शेयरको कारोवार दोहोरो अङ्कले वृद्धि

Sharing is caring!

असोज ९, २०७५ । धितोपत्र बजारमा  शेयरको कारोवार दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचकमा २२.३० बिन्दुले बढेर १२७९.९८ बिन्दुमा पुगेको छ ।

आज कुल १ सय ७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ४२ हजार ३८ सय ३४ रुपैयाँको कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ५ दशमलव २५ अंकले बढेर २ सय ७२ दशमलव १६ अंकमा पुगेर बन्द भएको छ ।

स्टकका अनुसार बैंकिङ समूह २९.३२, व्यापार समूह २.७९, होटल समूह २२.७८, विकास बैंक समूह ३७.८२, जलविद्युत् समूह ७.३४, वित्त समूह ५.५९, निर्जीवन बीमा समूह ६३.३८, उत्पादन समूह १०.९४, माइक्रोफाइनान्स समूह १०.४४, जीवन बीमा समूहहरु ३७.३६ बिन्दुले बढेका छन् भने अन्य समूह १ दशमलव ४६ अंकले घटेको छ ।
आज भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका शेयर लगानीकर्ताले बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *