विश्वकपबाट बाहिरियो ब्राजिल, बेल्जियमले अव फ्रान्ससँग भिड्ने

Sharing is caring!

असार २३, २०७५ ।  पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ ।
शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो ।
रुसमा भएको प्रतियोगितामा बाहिरिनुअघि भएका चार खेलमा एक गोल मात्रै खाएको ब्राजिललाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।
ब्राजिलको बहिर्गमनसँगै विश्वकप फुटबल प्रतियोगितामा अव युरोपेली मुलुकका टोलीबीचमा मात्रै प्रतिश्पर्धा हुने भएको छ ।
सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अव फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नु पर्नेछ । बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो ।
शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डिब्रुइनाले उत्कृष्ट गोल गरेका थिए ।
अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन ।
खेलको शुरूमा नै ब्राजिलका थिएगो सिल्भाले नेमारबाट प्राप्त कर्नरमा हानेको प्रहारलाई जालीसम्म पुर्याउन असफल रहे । बेल्जियमविरूद्ध ब्राजिलले २७ प्रहार गरेपनि बेल्जियमका गोलरक्षकले उत्कृष्ट ढङ्गले गोल हुन दिएनन ।
राम्रो प्रदर्शन गर्दागर्दै पनि गोल गर्न असफल भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिँदा रुसको कजान रंगशालामा रहेका लाखौ समर्थक दुःखी भएका थिए ।
यस पटकको विश्वकपबाट यसअघिका अन्य विश्वकप विजेता टोलीहरू जर्मनी, आर्जेन्टिना, स्पेन र उरूग्वेपनि बाहिरिए छन् ।
आज राति हुने सेमिफाइनलको पहिलो चरणको फुटबल प्रतियोगितामा स्वीडेन र इंग्ल्याण्डबीच र दोस्रो चरणमा आयोजक राष्ट्र रुस र क्रोएसियाबीच हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *