वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन,आजै अन्तिम संस्कार गरिने

Sharing is caring!

साउन ३२, २०७६ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज निधन भएको छ । उनको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

७२ वर्षीया अधिकारी दम रोगबाट पीडित थिइन् । उनको जन्म २००४ सालमा भएको थियो ।

अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘कन्यादान’ मा छुच्ची सासूको भूमिका  दर्शकमाझ निकै चर्चित छिन् ।

उनका एक छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *