यू–१९ एशिया कप: नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Sharing is caring!

भदौ २५, २०७६ । श्रीलङ्कामा जारी एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोलीले तिनवटा खेल खेलेको थियो जसमध्ये एक खेलमा जीत तथा दुईवटा खेलमा हार बेहोरेको थियो ।

नेपालले मंगलबार भएको खेलमा युएईलाई १६० रनको भारी अन्तरले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।

आयोजक श्रीलंका र बंगलादेशसहित चार टोली रहेको समूह बी’ मा नेपाल तेस्रो बन्यो । श्रीलंकाको कटुनायकेस्थित मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रनको योगफल तय गरेको थियो । जवाफमा आएको युएई ३४.४ ओभरमा मात्रै १२५ रनमा समेटियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *