महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता

Sharing is caring!

भाद्र १७, २०७७ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रा. लि. बीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक-सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *