मन्टेश्वरी स्कुलहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्डको आयोजना हुने

Sharing is caring!


पुस १४, २०७८। एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने भएको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लबमा केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेर यही पुष २४ गते भृकुटीमडण्डपस्थित् नेपाल टुरिजम बोर्डमा उक्त अवार्ड कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेशरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताए । उनले कोरोना महामारीले बालबालिकाहरुलाई शिक्षा दिने संस्थाहरु अप्ठ्यारो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको उल्लेख गरे ।

अध्यक्ष दाहालले महामारीको अवस्थामा राज्यले प्रि–स्कुललाई कतैबाट पनि सहयोग नगरेको भन्दै दुःख व्यक्त गरे ।

उनले विशेषगरि यो क्षेत्रमा महिला उद्यमीहरु ९० प्रतिशत रहेको बताए । ५० अर्ब रुपैयाँ बरारबरको मन्टेश्वरीमा लगानी भएको पनि सुनाए । देशभरि अहिले कानुनबमोजिम ५ हजार प्रि–स्कुल सञ्चालनमा रहेको पनि उनले बताए ।

कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रि–स्क्ुल बन्द भएको जानकारी दिँदै दाहालले जसले त्यस्तो अवस्थामा पनि संचालन गरेका उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको बताए ।

उनले भने,‘बालबालिकाहरुको क्षेत्रमा विनाशर्त सरकारले लगानी बढाउनुपर्छ । बालमैत्रीहरु, शिक्षा लगानीकर्ताहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बातावरण सिर्जना सरकारले गरिदिनुपर्छ ।’
त्यस्तै, कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय सचिव उमानाथ निरौलाले अपेन सम्पुर्ण इसीडी पुर्व प्राथमिक विद्यालय तथा किन्डरगार्डेन मन्टेश्वरीको हकहितको निम्ति स्थापना भएको बताए ।

संगठनमा रही ५ वर्षदेखि निरन्तर काम गर्दै आएका निरौलाले पोस्ट कोभिडबाट सबैभन्दा धेरै मारमा प्रि–स्कुल परेको सुनाए । महामारीको कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने ३ सय स्कुलका प्रिन्सीपलहरुलाई हौसलास्वरुप अवार्ड वितरण गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संयोजक कृष्णकुमार बोहोराले कोभिड महामारीले प्रिस्कुलहरु आर्थिक रुपमा जिर्ण बन्न पुगेको बताए । उनले सम्पुर्ण प्रिस्कुलहरु एकआपसलाई बचाउँदै सामान्य अवस्थामा फर्केको बताए । ५ वर्ष मुनिका बालबालिकाहरुको भविष्य बोकेर संचालन गर्दै आएका ३ सय विद्यालयका प्रिस्कुलका प्रिन्सीपलहरुलाई सम्मान गर्न लागेको उनले जानकारी दिए ।
उनले भने,‘हिजोको दिनमा जस्तोसुकै परिस्थितिमा जुधेर पनि बालबालिकाको उज्जव भविष्यको लागि लडेको हुनाले उहाँहरुलाई सम्मान गर्न लागिएको हो ।’

अपेनमा आवद्ध नभएका विद्यालयहरुलाई पनि सहभागी गराउन चाहेको उनको भनाई थियो । उनले अपेनमा सहभागी हुन चाहानेहरुलाई आफ्नो कार्यालय अनामनगर अफिसमा सम्पर्क गर्न पनि आग्रह गरे । प्रिस्कुलहरुको हकहितको लागि ५ वर्ष अगाडी अपेन स्थापना गरिएको उनले बताए । हाल देशैभरका प्रि–स्कुलहरुलाई समेट्ने प्रयास आफ्नो संस्थाले गरिरहेको उनले जानकारी दिए । अवार्ड वितरण कार्यक्रममा संयोजकले बोहोराले अवार्ड वितरणको लागि शिक्षामन्त्री देवेन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिने पनि जानकारी दिए । अवार्ड निःशुल्क वितरण गरिने उनको भनाई थियो ।

प्रिस्ुकलको शिक्षण विधि नेपालमा १५ वर्ष अगाडी भित्रिएको उनले बताए । नेपालको शैक्षिक क्षेत्रमा परेको विदेशी प्रभावसँगै शिक्षण विधि पनि भित्रिएको जानकारी दिए । उनले भने,‘यो पेशामा धेरै महिलाहरु धेरै हुनुहुन्छ । सिप मुलक व्यवसायको कुरा गर्दा मन्टेश्वरीले महिलाहरुलाई निकै सहज बनाएको छ र यसमा ९५ प्रतिशत महिला सहभागी हुनुहुन्छ ।

उनले राज्यको पाठ्यक्रमभित्र रहेर शिक्षा दिइरहेको, पाठ्यक्रमको गतिविधिमा नानीबाबुहरुलाई सहभागी गराएर शिक्षण गराइएको समेत बताए । मन्टेश्वरीको कारण आज अभिभावकहरु खुलेर काम गर्न पाएको पनि उनले बताए । बालबालिकाको व्यवस्थापन राज्यको काम भएपनि राज्यको आँखा नपरेको उनको भनाई थियो ।

न्युनतम रकम लिएर प्रि–स्कुल सञ्चालन गर्दै आएको, हरेक परिवारको ठुलो समस्यालाई मन्टेश्वरीले समाधान गरेर देशलाई ठुलो सहयोग गरेको उनले जिकिर गरे ।

त्यस्तै, अपेनका केन्द्रीय सदस्य सञ्जिब कुमार श्रेष्ठले देशभर प्रि–स्कुलको संख्या ५ हजार रहेको बताए । ती मध्ये अपेन अवार्डमा ३ सय विद्यालय सहभागि हुने उनले बताए ।

केन्द्रीय सदस्य कमला अधिकारीले अपेन डाइनामिक भनेको महिलाहरुले नेतृत्व गर्ने संस्था भएको बताईन् । आजसम्म उनले राज्यबाट अपेनलाई कुनै पनि सहयोग नगरेको सुनाइन् । प्रि–स्कुल चलाउदै गर्दा कोभिडले बर्बाद पारेको उनको भनाई थियो । अभिभावकहरुले कुरा नबुझ्नेमा महिलाहरुको चाँही विश्वास गर्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *